काठमाडौं । ललितपुरको एउटा फिटनेश सेन्टरमा जिम गरेर साउना गएका दम्पत्तिको मृत्यु भएको छ ।
महानगरिय प्रहरी वृत्त सातदोबाटोका प्रमुख, डिएसपी मित्रबन्धु शर्माका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर १४ विशालचोकस्थित फिट एन्ड फाइन एरोबिक क्लबको स्टिमको बाफ लिएर नुहाउने क्रममा ४० वर्षीय हस्त बहादुर थापा र उनकी श्रीमती ३७ वर्षीया नेत्र पुनको मृत्यु भएको हो । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् ।
शर्माएका अनुसार नुहाउन गएका दम्पती बेहोस भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले दुवैजनालाई तत्कालै अस्पताल लगेको थियो । चिकित्सकले दुवै जनाको मृत्यु भएको पुष्टि गरेपछि शव परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
फरेन्सिक एक्सपर्टलाई घटनास्थलसमेत देखाइएको र आवश्यक अनुसन्धानमा प्रहरी जुटेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ माघ २०७६, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु