काठमाडौं । ललितपुरको एउटा फिटनेश सेन्टरमा जिम गरेर साउना गएका दम्पत्तिको मृत्यु भएको छ ।
महानगरिय प्रहरी वृत्त सातदोबाटोका प्रमुख, डिएसपी मित्रबन्धु शर्माका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर १४ विशालचोकस्थित फिट एन्ड फाइन एरोबिक क्लबको स्टिमको बाफ लिएर नुहाउने क्रममा ४० वर्षीय हस्त बहादुर थापा र उनकी श्रीमती ३७ वर्षीया नेत्र पुनको मृत्यु भएको हो । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् ।
शर्माएका अनुसार नुहाउन गएका दम्पती बेहोस भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले दुवैजनालाई तत्कालै अस्पताल लगेको थियो । चिकित्सकले दुवै जनाको मृत्यु भएको पुष्टि गरेपछि शव परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
फरेन्सिक एक्सपर्टलाई घटनास्थलसमेत देखाइएको र आवश्यक अनुसन्धानमा प्रहरी जुटेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ माघ २०७६, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु