काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
दुनियाँको विकासको गतिलाई पक्रनलाई सरकार र सदनले आफ्ना कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने जिकिर गर्दै प्रधामन्त्री ओलीले भने, ‘हामी अलिकति विलम्बमा भएका छौँ । सभामुख चयनमा विलम्ब भयो । अब विलम्ब गर्नुहुँदैन ।’
संघीय संसदअन्तरगत प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,
‘थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नैछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ । छ–सात वटा प्रधानमन्त्रीको कार्यकालहरु गुजार्दै आएर संसदसमक्ष प्रतिक्षा रहेका एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् ।’
प्रधानमन्त्री ओलीले देश अहिले राजनीतिक आन्दोलनको चरण पार गरेर विकासको चरणमा प्रवेश गरेको उल्लेख गरे । अबको एजेन्डा सुशासन र विकास हुनुपर्ने बताउँदै यसमा सबै दल एकताबद्ध अगाडि बढ्नुपर्नेमा जोड दिए ।
दलहरु एकताबद्ध भएर अगाडि बढ्दा सफलता र एकताबद्ध नहुँदा असफलता हात पारेको दृष्टान्त अगाडि सार्दै उनले यसमा पनि सबै दल एक भएर अगाडि बढ्नुपर्ने जिकिर गरे ।
‘बहुदलमा मतभेद हुनसक्छन् तर हामी आधारभूत र महत्त्वपूर्ण कुरामा एकमत भएर स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि जान सक्छौँ,’ उनले भने, ‘हिजो लोकतन्त्रको आन्दोलनमा साथसाथ अगाडि बढेका थियौँ । हाम्रा तरिका बाटा अलग भए पनि गन्तव्य एउटै थियो । विभिन्न असहमतिका बावजुद सहमतिको विन्दुमा पुगेर आज यो स्थानमा छौँ । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ माघ २०७६, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री