अति दुर्लभ दुईवटा टाउको भएको सर्प फेला

पत्रपत्रिकाबाट

मंगलबार, १४ माघ २०७६, ०७ : ०९
अति दुर्लभ दुईवटा टाउको भएको सर्प फेला

रुपन्देही । सर्प अनुसन्धानकर्ता रूपन्देहीका कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेको छ । नवलपुरको दलदलेमा दुई टाउको भएको करेत सर्प फेला हो ।

करेत प्रजातीको दई टाउके भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ता देवकोटाले दाबी गरेका छन्। उनका अनुसार दुई टाउके करे‌त भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा दुई टाउको भएको जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेका थिए।

त्यसको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा अहिलेपनि सुरक्षित छ।दलदलेका जुद्धवीर श्रीस मगरले आफ्नो घर नजिकै उक्त सर्प देखेपछि त्यसलाई समातेर कालीगण्डकी अस्पताल पुर्‍याएका थिए। त्यसलाई देवकोटाको समूहले अध्ययन गरेर सुरक्षितसाथ राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डाक्टर छबिलाल थापाले बताए।

त्यस्तै, देवकोटाकै समूहले अविषालु जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस (ब्यान्डड कुक्री) पनि फेला पारेको छ। उक्त सर्पको सामान्य अध्ययन गरी चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको रहोबरमा जिउँदै छाडिएको रेन्जर सन्तबहादुर मगरले बताए। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस