पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु: डा तुम्बाहाम्फे

रासस

सोमबार, १३ माघ २०७६, २० : ०५
पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु: डा तुम्बाहाम्फे

फाईल फोटो

काठमाडौं । पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले  पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताउनुभएको छ । 

दोलखा आउनुभएका पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताउनुभयो । आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस