काठमाडौं । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमै भिडेका छन् । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने कार्यकर्ताबीच झडप भएको हो ।
दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा अपरान्ह केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् । झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् । यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ माघ २०७६, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघद्वारा सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना, महाधिवेशन र संगठन सुदृढीकरणको माग
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी