विमानस्थलमा ‘हाई अलर्ट’

पत्रपत्रिकाबाट

सोमबार, १३ माघ २०७६, ०७ : २८
विमानस्थलमा ‘हाई अलर्ट’

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ ।

कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जनाएको छ । नेपाल भ्रमण आएका अमेरिकी नागरिकलाई ज्वरो आएपछि आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पु¥याइएको थियो ।

ती नागरिक पुरुष रहेको र कोरोना भाइरसको आशंका गरिएको छ । हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेका अनुसार ज्वरो आएपछि उनलाई शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पु¥याइएको हो । उनले भने, ‘हामी हाइअलर्टमा छौं । विमानबाट ओर्लेपछि बिदेशबाट आएका प्रत्येक नागरिकको स्वास्थ्य परीक्षण हुन्छ ।’

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ । शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्वुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस