काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठको लगत राखिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालयबाट गएको टोलीले साहलाई रु १० हजार घुससहित पक्राउ गरेको थियो । आरोपी साहलाई बिगो असुल गरी कारवाहीको माग गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ माघ २०७६, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा
सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा
राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने
बागमतीका मेयर–उपमेयरको मुद्दा हेर्न नमिल्नेमा