काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डाँका गर्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डाँका कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८ वर्षीय सञ्जित वाइवा रहेका छन् ।
महाशाखाले आज पत्रकार सम्मेलन गरी विभिन्न बहाना बनाई प्रलोभनमा पारेर लाखौँ रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिएको हो । सो अवसरमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाल्चोकका एक व्यक्तिसँग विभिन्न प्रलोभन पारेर रु ५० लाख लुटेर फरार रहेको समूहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “पीडित व्यक्तिलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर रु ५० लाख लुटपाट गरी फरार रहेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।
प्रहरीले पक्राउ परेकासँग नगद रु १८ लाख ७५ हजार ५००, चोरीको मोटरसाइकल एक थान, मोटरसाइकल तीन थान, सुनको औँठी एक थान र विभिन्न कम्पनीका मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ माघ २०७६, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्ते गरी नक्कली कागजात बनाउने गिरोह पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ