काठमाडौं । आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । गत शुक्रबार राति खाना पकाइरहेका बेला अचानक शरीरमा आगो लागेर घाइते भएकी अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच अनिताको मृत्यु रहस्यमय रहेको भन्दै प्रहरीले अनिताका पति विनोद यादवलाई पक्राउ गरेको छ । घटना शङ्कास्पद भएकाले अनिताका श्रीमान् विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोदकुमार घिमिरेले जानकारी दिनुभयो ।
स्थानीयवासीले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकाले घटना शङ्कास्पद भएको बताएका छन् । वैदेशिक रोजगारीबाट करिब तीन महिनाअघि मात्र आएका विनोद र अनिताबीच पछिल्लो केही दिनदेखि सम्बन्ध राम्रो नरहेको स्थानीयवासीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ माघ २०७६, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु