टर्की । टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् ।
भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा रहेको थियो । तर भूकम्पको धक्का छिमेकी शहरहरुमा पनि महशुस गरिएको थियो ।
टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको पुष्टी गरेको छ । भूकम्पबाट करिब एक हजार ६०७ जना घाइते भएका छन् ।
उद्धारकर्मीहरु शनिबार र आइतबार दिनरात मानिसहरुको जीवितै उद्धारमा खटिएका थिए । आफाडका अनुसार पछिल्लो पटक ४५ जनालाई उद्धार गरिएको छ ।
भूकम्पबाट करिब ८० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ६४५ वटा घरमा ठूलै नोक्सानी भएको छ ।
टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले भूकम्प पीडितको उद्धार र पुनस्र्थापनाका लागि सरकारले तत्काल कदम चाल्ने बताउनुभएको छ । उहाँ शनिबार एलाजिगमा आयोजित भूकम्पबाट मृत्यु भएका एक परिवारको दाहसंस्कार कार्यक्रममा सहभागी हुनुभएको थियो । (रासस-एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ माघ २०७६, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प