काठमाडौं । नेपालमा थप दुई जना चीनमा व्यापक फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका छन् । चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरस देखिएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।
अस्पतालका अनुसार कोरोना संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक जना पुरुष र अर्को एक जना महिला छन् । एक जना ४८ वर्षीया महिला र अर्का २८ वर्षका पुरुष कोरोना भाइरसको आशंकामा उपचार गरिरहेका छन् ।
उनीहरुको टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार भइरहेको छ । ४८ वर्षीया महिला चीन आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन् । उनी माघ ११ गते टेकु अस्पताल पुगेकी थिइन् भने २८ वर्षीय पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनी माघ १० गते अस्पताल पुगेका थिए ।
दुबै जनामा ज्वरो आउने, स्वास फेर्न गारो हुने लगायतका समस्या देखिएको छ ।
यसअघि नेपालमा एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो । चीनबाट नेपाल फर्किएका एक युवामा कोरोनाको आशंकामा ‘स्याम्पल’ परीक्षणका लागि हङकङ पठाइएकोमा उनमा कोरोनाको संक्रमण भएको पुष्टी भएको थियो । उनको अहिले अवस्था सामान्य रहेको र टेकु अस्पतालको नियमित सम्पर्कमा रहेको चिकित्सकहरुले बताएका छन् ।
चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ । कोरोना फ्रान्स अस्ट्रेलिया, कोरिया, अमेरिका, भारत, हङकङ लगायत १३ देशमा देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरसबाट २ हजार भन्दा धेरै मानिस संक्रमित भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ माघ २०७६, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै