आज पनि बढ्यो सुनचाँदीको भाउ ?

सफल खबर संवाददाता

आइतबार, १२ माघ २०७६, १२ : २९
आज पनि बढ्यो सुनचाँदीको भाउ ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आइतबार चाँदीको पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार शुक्रबारको तोलामा रु १० बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस