चितवनको महायज्ञ उद्घाटन नगरी फर्किए उपराष्ट्रपति पुन

सफल खबर संवाददाता

शनिबार, ११ माघ २०७६, १७ : २६
चितवनको महायज्ञ उद्घाटन नगरी फर्किए उपराष्ट्रपति पुन

चितवन । चितवनको नारायणगढ नारायणी नदी किनारको कोटीहोम महायज्ञ उद्घाटन गर्न आएका उपराष्ट्रपति नन्दबहादुर पुन उद्घाटन नगरी फर्केका छन् । 

नारायणगढमा शनिबार महायज्ञ उद्घाटन गर्न शुक्रबार नै उपराष्ट्रपति पुन चितवन पुगेका थिए। उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरेको तर कार्यक्रम विवादित हुने देखिएपछि सहभागी नभई फर्किएको जानकारी दिए । स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्किएक छन् ।

कोटिहोमका संयोजक एवं प्रमुख बाचक बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको शनिबार कान्तिपुर दैनिकले ‘महाराजको आवरणमा ठगी’ समाचार लेखेको थियो।


 

प्रतिक्रिया दिनुहोस