काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा राजनीतिक मुद्दाको अन्त्य भइसकेकाले अब आर्थिक समृद्धिको मुद्दामा सबै राजनीतिक दल एक भएर हिँड्नुपर्ने बताउनुभएको छ ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा शुक्रबारदेखि शुरु भएको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ मुलुकको आर्थिक विकास र समृद्धि नै अहिलेको सरकारको एक मात्र उद्देश्य हो ।”
मन्त्री भट्टराईले टरिगाउँ विमानस्थल स्तरवृद्धि गर्नका लागि सरकारले बजेट विनियोजन गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “टरिगाउँ एयरपोर्ट स्तरोन्नतिका लागि तपार्इंहरुले बढी जोड गरेको पाइयो अब ढुक्क रहनुहोस्, हामीले टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि यस वर्ष बजेट पनि विनियोजन गरेका छौँ ।” हाल रहेको ७५० मिटर धावनमार्गलाई विस्तार गरेर साढे एक हजार २०० बनाउने गरी आफूले योजना अगाडि बढाउने उहाँको भनाइ छ ।
मन्त्री भट्टराईले एयरपोर्टमा अस्थायी इन्धन डिपो स्थापनाका लागि नेपाल आयग निगमसँग पनि सम्झौता भइसकेको बताउँदै इन्धन डिपोका लागि नेपाल आयल निगमले जग्गा माग गरेको जानकारी दिनुभयो । “हामीले जग्गाका लागि सम्झौता गरिसकेका छौँ, अबको केही समयमा त्यहाँ इन्धन डिपो स्थापना हुन्छ”, उहाँले भन्नुभयो ।
मन्त्री भट्टराईले मुलुकमा अहिले भारतबाट विद्युत् किन्नुपर्ने अवस्था रहे पनि अबको एक वर्षपछि नेपालबाट भारत विद्युत् बिक्री गर्ने तयारी रहेको बताउँदै आउँदो सालदेखि नेपालको केन्द्रीय लाइनमा एक हजार मेघावाट विद्यत् थपिन लागेको जानकारी दिनुभयो ।
उहाँले दाङ दक्षिण एशियाकै सबैभन्दा ठूलो उपत्यका रहेको भन्दै यसको भविष्य उज्ज्वल रहेको समेत बताउनुभयो । दाङबाट चर्चित पर्यटकीयस्थल मुगु, डोल्पा हुँदै तिब्बत, भारतमा जोड्ने गरी काम भइरहेको र यसले दाङको विकासमा थप मद्दत पुग्ने उहाँको भनाइ छ ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावत (बिरु)को अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दाङको टरिगाउँ एयरपोर्ट विस्तार गर्न केन्द्र सरकारले ध्यान दिनुपर्ने बताउनुुभयो ।
महोत्सव २० गतेसम्म सञ्चालन हुनेछ । भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी महोत्सव सञ्चालन गरिएको हो । महोत्सवमा व्यापारी तथा कृषि गरी ३०० भन्दा बढी स्टल राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० माघ २०७६, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई
एमाले संवैधानिक राजनीतिक निकासको बाधक बन्दैन: योगेश भट्टराई