फरक लिंगीका फरक कहानी: यस्तो छ प्रेम-सम्बन्ध

पत्रपत्रिकाबाट

मंगलबार, ०१ फागुन २०७४, १२ : ०५
फरक लिंगीका फरक कहानी: यस्तो छ प्रेम-सम्बन्ध

तेस्रोलिंगीको नाममा नागरिकता दिन थालिएको छ । तर अनेक लाञ्छनाको कारण तेस्रोलिंगीहरु समाजमा अझै पनि खुल्न चाहँदैनन् । त्यसैले, तिनका प्रेमकथाहरु गुपचुप हुन्छ ।

मिस पिंक २०१६ एनी लामा र दिपेशसिंह भण्डारीले भने आफ्नो प्रेम सार्वजनिक गर्दै आएका छन् । तीन बर्ष पहिला अंकुरण भएको थियो, तिनको प्रेम । आजको अन्नपूर्ण पोस्ट(शैली)मा छापिएको छ ।

विभिन्न कार्यक्रममा देखभेट भए पनि खासै वास्ता गर्दैनथे । उनीहरुको भावनालाई मजबुत बनाउने काम फेसबुकले गर्यो । एनी भन्छिन्, बोल्दै गएपछि भावनात्मक रुपमा नजिकियौं । उनको विचारमा थाहै नपाइ प्रेम हुने रहेछ । उनी प्रणय दिवसको खासै वास्ता गर्दिनन् ।

उता, प्रणय दिवसलाई विशेष बनाउने दिपेशको चिन्ता हुन्छ । त्यसैले केही न केही सरप्राइज गिफ्ट दिने गर्छन, यही बहानामा । यही कुराले एनीलाई दिपेशप्रति थप लालायित बनाउँछ रे ।

दिपेशले केही समय पहिला उपहार दिएको ब्याग आफ्नो व्यक्तित्वसँग निकै म्याचिङ भएको बताउने एनी भन्छिन्, मलाई यो ब्याग सधैं बोकीरहुँ जस्तो लाग्छ तर दिपेशको माया मिसिएको त्यो ब्याग च्यातिएला कि भन्ने चिन्ता पनि लाग्छ । त्यसैले कहिले काहीँ मात्र बोक्छु ।

प्रतिक्रिया दिनुहोस