राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकारको राजीनामा स्वीकृत

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, १६ : ३४
राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकारको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् । उनको  राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरिसकेको छ । 

उनी भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र दोस्रो कार्यकालमा करिव २ वर्ष विज्ञ सल्लाहकार थिए ।

कानूनका सामू सबैको समान हैसियत कायम गराउने नागरिकको आकांक्षाको पक्षमा योगदान गर्न बिज्ञ सल्लाहकारबाट राजीनामा दिएको उनले बताएका छन् ।


 

प्रतिक्रिया दिनुहोस