चितवन । नेपालमै पहिलोपटक चितवनमा आयोजना गरिएको विवाह मेला (वेडिङ एक्सपो) सुरु भएको छ । दाताज इभेन्ट्सको आयोजनामा नारायणी नदी किनारमा आयोजना गरिएको विवाह मेलाको बिहीबार उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले उद्भाटन गर्नु भएको हो ।
उद्धाटन गर्दे अध्यक्ष सापकोटाले अस्तव्यस्त बजारलाई व्यवस्थित बनाएर लाने, बजार व्यवस्थापनमा सम्बन्धित व्यवसायसँग भएका समस्यालाई छलफल गरेर व्यवसायको प्रवद्र्धन र विकासका लागि पहल गर्ने बताउनु भयो ।
मेलामा विवाह सम्बन्धि आवश्यक सबै सामग्रीहरुको स्टल रहेको छ । ७० वटासम्म स्टल रहको मेलामा २० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको इभेन्ट्सले जनाएको छ । मेलामा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । मेलाको समापन समारोह विशेष रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ माघ २०७६, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
२० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजाय
अस्मिता र महेशबीच कसियो लगनगाँठो
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश