सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १६ : १४
सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने

काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । 

हालै बसेको मन्त्रिपरिषदको बैठकले सो संस्थाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको हुँदा साझालाई दिइएको ३ अर्ब रुपैयाँ र सो रकम उपलब्ध गराइएको समयदेखि हालसम्मको ब्याज सहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस