आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, ११ : ५८
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदी भने बुधबारको तुलनामा बिहीबार रु ५ बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस