काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मोर्चाले आफ्ना मागहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ ।
पत्रकार सम्मेलनमार्फत घोषणा गरेका संघर्षका कार्यक्रमहरुमा माघ १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष, प्रतिपक्ष, विभिन्न राजनीतिक दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ १५ गतेदेखि १५ दिन प्रचारप्रसार तथा फागुन ५ सम्म पनि आफ्ना माग सुनुवाइ नभए तीन दिने आमहड्ताल गर्ने मोर्चाका संयोजक लक्ष्मण थारुले बताएका छन् ।
वीरबहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सन्तकुमार चौधरीलगायत थरुहट आन्दोलनकारी सबैको मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने मोर्चाको माग छ ।
त्यस्तै मोर्चाले टीकापुर घटनाबारे छानविन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ । टीकापुर घटनाबारे सत्यतथ्य छानविन गर्न गठित पूर्वन्यायाधीश गिरिशचन्द्र लाल र राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न मोर्चाले माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ माघ २०७६, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नदिई प्रहरीले मात्र समाउन सक्ला रेशम चौधरी ?
रेशम चौधरीलाई कारागार बुझाइयो
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी