लहान । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी जवान यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको बर्दिवास कार्यालय लगिने अख्तियारले जनाएको छ । यसअघि आयोगको टोलीले करिब रु १९ लाख घुससहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित तीन इञ्जिनीयरलाई पक्राउ गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ माघ २०७६, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ