डिनमा अग्रवालले पाए निरन्तरता

पत्रपत्रिकाबाट

मंगलबार, ०१ फागुन २०७४, ०७ : २३
डिनमा अग्रवालले पाए निरन्तरता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्राडा जगदीश अग्रवालले एक महिनापछि निरन्तरता पाएका छन् ।

सर्वोच्च अदालतले अग्रवालको नियुक्ति कानुनसम्मत ठहर गरे पनि विश्वविद्यालयले फैसलाको पूर्ण पाठ नआएको भन्दै आनाकानी गर्दा आईओएम डिनविहीन थियो ।

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चको संक्षिप्त आदेशको व्याख्या गर्दै डा. अग्रवाललाई निरन्तरता दिँदा कानुनसम्मत हुने राय आइतबार दिएपछि अग्रवाललाई डिन नियुक्तिका लागि मार्गप्रशस्त भएको हो ।

डिन नियुक्ति विवादमा समाधान खोज्न शिक्षा मन्त्रालय र त्रिविले महान्यायाधिवक्तासँग राय मागेको थियो । ‘अग्रवालजीलाई पहिलादेखिकै हुने गरी डिन पदमा निरन्तरता दिइयो। सोमबार नै पत्र लिएर गइसक्नुभयो’, त्रिवि उपकुलपति तीर्थ खनियाँले भने।

आजको अन्नपूर्ण पोस्टमा खबर छ: गत वर्षको कात्तिक १८ मा डिन नियुक्ति भएका डा.अग्रवालको नियुक्तिलाई गैरकानुनी भन्ने आधार पुष्टि नभएको सर्वोच्चको आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस