सुनचाँदीको मूल्यमा वृद्धि

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, १३ : १८
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु ३०० ले बढेर तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदी रु ५ बढेर तोलामा ९०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस