मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मंगलबार, ०७ माघ २०७६, ०९ : ४५
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा सोमबार राति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हँुदा निधन भएको प्रहरी नायब  उपरीक्षक मकेन्द्र मिश्रले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस