काठमाडौँ । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने भएको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अङ्कका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो । शिक्षकले मापदण्ड अनुरूप अङ्क प्रदान गर्ने भएपछि हालको जस्तो वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका परीक्षार्थीको प्रयोगात्मकमा ‘ए प्लस’ प्राप्त हुने प्रवृत्ति स्वतः हट्ने छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले भने, “शिक्षकले प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क दिन पाउने छैनन् । वास्तविक प्रयोगात्मकका आधारमा विद्यार्थीले अङ्क पाउने छन् ।” गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ माघ २०७६, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी
परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने युवक पक्राउ
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
भोलिदेखि देशभर कक्षा १२ को परीक्षा सुरु
कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक