काठमाडौँ । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने भएको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अङ्कका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो । शिक्षकले मापदण्ड अनुरूप अङ्क प्रदान गर्ने भएपछि हालको जस्तो वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका परीक्षार्थीको प्रयोगात्मकमा ‘ए प्लस’ प्राप्त हुने प्रवृत्ति स्वतः हट्ने छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले भने, “शिक्षकले प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क दिन पाउने छैनन् । वास्तविक प्रयोगात्मकका आधारमा विद्यार्थीले अङ्क पाउने छन् ।” गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ माघ २०७६, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाफल प्रकाशित
आज र भोलि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा
स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो
कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता