भक्तपुरमा फेरि बलात्कारको उजुरी

पत्रपत्रिकाबाट

मंगलबार, ०१ फागुन २०७४, ०७ : ११
भक्तपुरमा फेरि बलात्कारको उजुरी

भक्तपुर । भक्तपुरमा फेरि एक महिला बलात्कृत भएको खबर आजको एक राष्ट्रिय दैनिकमा छापिएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार पुस २९ गते भक्तपुर १०, बेखालकी २२ बर्षीया युवतीलाई जबरजस्ती गरेको भन्दै अभिभावकले आइतबार उजुरी दिएका हुन् ।

परिसर प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले ती युवतीलाई युवकले आफ्नै घरमा लगी जबरजस्ती गरेको बताए । उजुरीपछि सोमबार नै प्रहरीले युवक (अञ्जन) लाई नियन्त्रणमा लिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यसअघि भक्तपुर १० कमलविनायकमै पाँच बर्षकी बालिका बलात्कृत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस