काठमाडौँ । बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो ।
प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउपर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् । उहाँले प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताउनुभयो । पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।
घरेलु मदिरा बरामद
जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रका विभिन्न ठाउँबाट अवैध घरेलु मदिरा बरामद गरी आज नष्ट गरिएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको ४२४ लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो ।
उहाँले जिल्लामा मदिरासेवन गरी होहल्ला गर्ने १६ लाई नियन्त्रणमा लिई कारवाही गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले छाउपडी गोठ भत्काउने मदिरा नियन्त्रण गर्नेलगायतका कार्यलाई सक्रियताका साथ लागू गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ माघ २०७६, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ