काठमाडौँ । बारा जिल्लाको कलैया उपमहानगरपालिका १० स्थित मटिअर्वा नहरबाट ससस्त्र प्रहरीको टोलीले आठ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ब्ल्याङकेटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतमा घर बताउने २२ वर्षिय सुनिल कुमार छन् । एचआर ६९ बी ७५५८ नम्बरको भारतीय ट्रकमा राखेर ल्याउँदै गरेको उक्त ब्ल्याङकेटसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वा बाराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले उक्त ब्ल्याङकेट ल्याउन प्रयोग भएको उक्त ट्रकसमेत नियन्त्रणमा लिएको छ । एपीएफ टोलीले पक्राउ परेका कुमारलाई बरामद ब्ल्याङकेट तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
बरामद ट्रकको भन्सार दाखिला मुल्य नौ लाख ९१ हजार एक सय ९२ रुपैयाँ रहेको ससस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौँले जनाएको छ । यस्तै बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिया चोकबाट एपीएफ टोलीले करीव दुई लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलोक्ट्रोनिक्स सामान, लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलराबाट खटिएको एपीएफ टोलीले आज करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बलरा नगरपालिका ५ स्थित अर्नाबाट बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ माघ २०७६, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ