नेपाली काँग्रेसका नेता बलदेवलाई प्रादेशिक सम्मान दिइने

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, १७ : ५८
नेपाली काँग्रेसका नेता बलदेवलाई प्रादेशिक सम्मान दिइने

काठमाडौं । प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बलदेव शर्मा पोखरेललाई  प्रादेशिक सम्मान दिइने भएको छ । शर्माको सोमबार दिउँसो निधन भएको थियो । 

सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले शर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रादेशिक सम्मान दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस