अन्तिम चरणमा पुग्यो मेलम्ची आयोजना

पत्रपत्रिकाबाट

मंगलबार, ०१ फागुन २०७४, ०७ : ०९
अन्तिम चरणमा पुग्यो मेलम्ची आयोजना

सिन्धुपाल्चोक  । अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै 'ब्रेक थ्रु' हुने भएको छ ।

जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पुरा हुने देखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने,

-बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग 'ब्रेक थ्रु' हुनेछ ।  

-फागुन(मार्च दोस्रो साता)भित्र मुहानस्थल अम्बाथान-सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं ।

सुरुङका तीनमध्ये दुई खण्ड 'ब्रेक थ्रु' भइसकेका छन् । बीचको सिन्धु-ग्याल्थुम खण्ड 'ब्रेक थ्रु' गर्न अहिले तीव्र गतीमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस