विपक्षी दलका नेता पोखरेलको निधन

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, १४ : ४६
विपक्षी दलका नेता पोखरेलको निधन

बुटवल । प्रदेश ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा १४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।

१९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । 

२०२० सालदेखि रुपन्देहीको खैरियामा बस्दै आएका पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस