उपसभामुख शिवमाया तुम्बाहाङ्फेले केहीबेरमा दिने भइन् राजीनामा

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, ११ : १७
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले केहीबेरमा दिने भइन् राजीनामा

काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् । उनले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने तयारी थालेकी छन् । 
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेकी हुन् । नेकपाले उनलाई कुनै मन्त्रालयको मन्त्री बनाउने संकेत गरेको छ । 

यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई प्रधानमन्त्री ओलीले भेटघाट गरेपछि उनी राजीनामा दिन तयार भएकी हुन् । 
उनले ओलीसँगको भेटमा आफ्नो गल्ती के हो भनेर प्रश्नसमेत गरेकी थिइन् । ओलीले भने पार्टीको अवस्था बुझाउँदै आफूलाई सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।

आज अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने स्रोतले जनाएको छ । त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।

संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गर्ने छिन् । 

प्रतिक्रिया दिनुहोस