यस्तो रहयो ओली-प्रचण्डबीचको छलफल

पत्रपत्रिकाबाट

मंगलबार, ०१ फागुन २०७४, ०७ : ०६
यस्तो रहयो ओली-प्रचण्डबीचको छलफल

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच  नयाँ सरकार गठनपछि मात्र पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने भएको छ ।

पार्टी एकताभन्दा पनि सरकार गठनकै गृहकार्यमा बढी लाग्नुपर्ने भएकाले सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकार गठन गरेर मात्र पार्टी एकताको पक्रिया अगाडि बढाउने तयारीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सरकार गठनअघि नै पार्टी एकताको खाका सार्वजनिक गर्नुपर्ने अडानमा छन् ।

ओली र प्रचण्डबीच धेरैपटक छलफल भए पनि अध्यक्ष पदमा कुरा मिल्न नसकेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस