कालीकोट । सान्नीत्रिवेणी गाउँपालिकाको मेहलमुडीस्थित पञ्चदेवल माविमा विद्यालय व्यवस्थापन समिति (विव्यस) छनोट गर्न बिहीबार चुनाव भयो । चुनावमा उम्मेदवारले आ–आफ्नो चुनाव चिन्हसहित पर्चा बनाएरै प्रचार गरे ।
नेकपाको तर्फबाट जिल्ला कमिटी सदस्य हर्कबहादुर ऐडीले लालीगुराँस र सान्नीत्रिवेणी गाउँ कमिटी सदस्य प्रभुलाल बिसीले कलम चुनाव चिन्ह पाएका थिए। कांग्रेस र राप्रपासहितको मोर्चाबाट नयाँ शक्तिका मातृकाप्रसाद उपाध्यायले भाले, कृषना लुवारले गाडी, मिठ्ठु भट्टराईले घडी, सरितादेवी शाहीले दमाहा, धर्मराज शाहीले खसी र माङ्ली लुवारले रेडियो चुनाव चिन्हृ पाएका थिए।
अभिभावकबाट चुनिने ४ सदस्यका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए।यस्तै चुनावी प्रतिस्पर्धा दुई साताअघि शुभकालिका–३ भर्तास्थित जनज्योति माविमा पनि भयो। चुनावमा नेकपा र अन्य दलको संयुक्त मोर्चाबीच प्रतिस्पर्धा भयो। यसअघि नेपाल मजदुर किसान पार्टीले नेतृत्व गर्दै आएको विव्यसमा यसपटक नेकपाका धन परियार अध्यक्ष चुनिए। चुनावमा सुरक्षा दिन जिल्ला प्रशासन कार्यालयले सशस्त्र प्रहरी नै खटाएको थियो।
‘चुनाव भनेपछि दलका कार्यकर्ता भिडिहाल्ने अवस्था छ, सुरक्षा मागेपछि दिनै पर्यो,’ प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले भने, ‘विद्यालयको चुनावमा पनि ठूलै चुनावको झल्को हुने गर्छ।’
विव्यसमा यसरी चुनाव हुनुमा राजनीतिक प्रतिस्पर्धामात्र कारण होइन, समितिमा बस्दा पाइने अनेकखाले लाभले लोभ्याउने गर्छ। यही स्वार्थको कारण विद्यालयमा चर्को राजनीतिक र स्वार्थको लडाइँ हुने गर्छ। यसको प्रत्यक्ष असर विद्यालय शिक्षामा हुने गरेको छ। पछिल्लो समय भर्ताको सज्यालवाडास्थित विद्यालयमा पनि चुनाव भएको थियो। त्यसमा नेकपाकै दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ माघ २०७६, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा
शीतलहरसँगै धमाधम विद्यालय बन्द
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा