राष्ट्रिय सभागृहमा नेकपाको केन्द्रीय कमिटी बैठक बस्ने तय

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, २२ : ४९
राष्ट्रिय सभागृहमा नेकपाको केन्द्रीय कमिटी बैठक बस्ने तय

file photo

काठमाडौँ । नेकपा केन्द्रीय कमिटीको बैठक आगामी माघ १५ गते राजधानीको राष्ट्रिय सभागृहमा बस्ने भएको छ । नेकपाका एक नेताले दिएको जानकारी अनुसार बैठकमा उपस्थित हुनका लागि सबै केन्द्रीय नेताहरुलाई निम्ता पठाइसकिएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीति, पार्टीको रणनीतिका साथै सरकारलाई कसरी सफल बनाउने भन्नेबारे केन्द्रीत हुने छ ।

प्रतिक्रिया दिनुहोस