होमस्टे नीति ल्याउँदै सरकार, स्थानीय वस्तु प्रयोग नगरे दर्ता नपाउने

तारे होटललाई नेपाली मिनु राख्न निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, २१ : २६
होमस्टे नीति ल्याउँदै सरकार, स्थानीय वस्तु प्रयोग नगरे दर्ता नपाउने

काठमाडौँ । सरकारले होमस्टे नीति ल्याउन लागेको छ । ग्रामिण् पर्यटनको महत्वपूर्ण आधार भएकाले होमस्टेको विकास र व्यवस्थित गर्न सरकराले नीित ल्याउन लागेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नीति ल्याउने तयारी थालेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले होमस्टे नीतिमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने बताए । राजधानीमा भएको एक कार्यक्रममा उनले भने, “जुन होमस्टेले खाद्याह्न र पेयमा स्थानीय वस्तुहरु प्रयोग गर्दैन भने त्यो होमस्टेलाई दर्ता नदिने पक्षमा सरकार छ ।”

उनले तारे होटलहरुलाई अनिवार्य रुपमा नेपाली मेनु राख्न भनिसकेको बताउँदै आन्तरिक उत्पादन र आन्तरिक वस्तुको प्रवद्र्धनमा सरकार लागेको समेत मन्त्री भट्टराईले उल्लेख गरे । उनले नेपालमा सुरक्षामा कुनै समस्या नभएको भन्दै आन्तरिक र बाह्य पर्यटकहरुलाई ढुक्क भएर घुम्न समेत आग्रह गरेका छन् । 

विभिन्न विज्ञहरुलाई समेत नेपालको सरारात्कम विषयहरुलाई नलुकाउन समेत आग्ह गरे र । नेपालको पहिचान विश्वमा पुर्याउन सके पर्यटन विकास हुने भन्दै उनले यसतर्फ आम नेपाली लाग्नुपर्नेमा जोड दिए । 

अहिले नेपाल भ्रमण वर्ष २०२० चलिरहेको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो सहित सरकारले पर्यटक भित्र्याउन लक्ष्य सहित तीन पटक भ्रमण वर्ष आयोजना गरिसकेको छ । तर पर्यटकका ेआगमन भने प्रभावकारी छैन । निजी क्षेत्रले भने उपयुक्त नीति नभएको र पर्यटक मैत्री वातावरण नभएको बताउँदै आएका छन् । 

तर सरकराले भने पर्यटकका लागि उपयुक्त वातावरण तयार पारेको दावी गरेको छ । पर्यटकिय पुर्वाधार निर्माणमा सरकारले काम गरिरहेको भन्दै विभिन्न क्षेत्रमा अन्तराष्ट्रिय विमानस्थलहरु ीनर्माणको चरणमा रहेको जनाएको छ । 
 पर्यटन विज्ञहरुले भने संस्कृति र प्रकृति मात्रै हुँदैमा पर्यटन नआउने जिकिर गर्दै उपयुक्त प्रस्तुतिको समेत जरुरी रहेको औँल्याएका छन् । उनीहरुले प्रकृति र संस्कृतिमा मनोरञ्जनातमक कार्यक्रम थप्नुपर्नेमा जोड दिए । भएकै पुर्वाधारलाई प्रयोग गरेर पर्यटन विकास गर्नुपनऐमा पर्यटन विज्ञ प्रचण्डलाल श्रेष्ठको भनाई छ । 

विश्वमा कुनै पनि देशमा पर्यटन पुर्वाधार निर्मााण् हुने क्रम निरन्तर जारी रहने भन्दै नेपालमा पुर्वाधार छैन भनेर बस्नु नहुनेमा विज्ञहरुको जोड छ । जे पुर्वाधार छ त्यसैलाई प्रयोग गरेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेमा विज्ञहरुले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस