आज कति सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, १२ : ३५
आज कति सुनचाँदीको मूल्य ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ७४ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७५ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी आइतबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस