बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ ।
घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते हनुभएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आउनुभएको थियो । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ माघ २०७६, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु