वाटफोर्डसँग टोट्टनहामको बराबरी

एजेन्सी

शनिबार, ०४ माघ २०७६, २१ : १२
वाटफोर्डसँग टोट्टनहामको बराबरी

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहामले तुलनात्मक रुपमा कमजोर टोली वाटफोर्डसँग अंक बाँडेको छ ।

वाटफोर्डको घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा टोट्टनहाम गोलरहित बराबरीमा रोकिएको हो । वाटफोर्डका ट्रोय डेनीले ७०औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि टोट्टनहाम हारबाट जोगिएको थियो । बल पोसेसन बलियो बनाएको टोट्टनहामले खेलमा गोल गर्न भने सकेन । बराबरीसँगै २३ खेलबाट ३१ अंक बनाएको टोट्टनहाम तालिकाको सातौं स्थानमा छ ।

समान खेलबाट २३ अंक बनाएको वाटफोर्ड १६औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस