प्रधानमन्त्री र उद्योग राज्यमन्त्रीको नाम लिँदै ‘तस्करी’

अवैध तस्करी गरिएका सुपारी, मरिच, छोकडा तथा केराउ भारत निर्यात

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, ११ : ३५
प्रधानमन्त्री र उद्योग राज्यमन्त्रीको नाम लिँदै ‘तस्करी’

काठमाडौं । व्यापारीहरुले सुपारी, मरिच, छोकडा तथा केराउ तेश्रो मुलुकबाट अवैध रुपमा आयात गरेर भारत निर्यात गर्दै आएपनि भन्सार विभाग यसलाई रोक्ने तर्फ पहल गर्न सकेको छैन् । यही अवैध व्यापारका कारण मुलुकको राजश्व संकलनमा समेत नकारात्मक प्रभाव परेको छ । 

तेस्रो मुलुकबाट अमेरिकी डलर तिरेर पैठारी गरिएका यि सामग्री भारतीय मुद्राका लागि भारत तस्करी हुने गरेको  छ । यि यस्ता अवैध व्यापार प्रधानमन्त्रीको आडमा भन्सार विभाग पुगेका महानिर्देशक सुमन दाहालले सरकारलाई नै अप्ठ्यारोमा पार्ने गरी भारत निकासीका लागि मार्ग प्रशस्त गरिदिएको श्रोतको भनाई छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर भ्रष्टाचार नियन्त्रणमा समेत राम्रो छवि बनाएका सहसचिव रामेश्वर दंगाललाई गण्डकी प्रदेश सरुवा गरेर दाहालले अर्थमन्त्रीलाई समेत जानकारी नै नगराइ प्रधानमन्त्रीका केही सहयोगीको निर्देशनमा व्यापारीसँग मिलेर ती सामग्री निर्यातको मार्ग खोल्न सफल भएका छन् । यता दाहाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । तर उक्त उजुरीमाथि कुनै छानबिन भएको छैन । 

महानिर्देशक दाहालका कारण सीमा क्षेत्रको व्यवसाय बदनाम छ भने अपराधका विभिन्न घटना पनि यस्तै तस्करीसँग जोडिएर हुँदै आएको छ । भारतले नेपाल सरकारलाई बारम्बार तस्करीका मालवस्तुको आयात व्यवस्थापन कसरी गर्ने भनेर प्रश्न गरेपनि विभागले कुनै जवाफ फर्काउन सकेको छैन् । सुपारी र मरिचजस्ता मसलाजन्य वस्तुको स्वदेशी उपभोग कति छ र कुन मात्रामा पैठारी भइरहेको छ भनेर अध्ययन भइरहेको भन्दै सरकारी निकाय पन्छिने गरेको छ ।

सुपारी, मरिच, छोकडा, केराउ लगायतका सामग्रीमा भारतले नेपालका पदाधिकारीसंग निरन्तर प्रश्न गरेपनि विभागले सो सम्बन्धी कुनै पनि जानकारी दिन सकेको छैन् । पाम आयालमा लागेको प्रतिबन्ध पनि त्यसैको कारण भएको हुन सक्ने जनाएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको र खुला बजार नीतिलाई अंगीकार गरेको कारण सरकारले यस्ता वस्तुको पैठारीमा सोझै प्रतिबन्ध लगाउन मिल्दैंन ।  

तर कानून कार्यान्वयन गराउने भन्सार विभाग र यसका नेतृत्व यस विषयमा चुप लागेर बस्नु र कतै यो आर्थिक चलखेलको कारण त हैन भन्ने पनि गाईगुई बजार हल्ला चल्न थालेको छ ।  मंसिरको दोस्रो साता वीरगञ्ज नाका हुँदै नेपाल भित्रन लागेको १० कन्टेनर सुपारी कोलकत्तास्थित महावाणिज्यदूतको कार्यालयले रोकेको थियो । यसपछि आयातकर्ताले वाणिज्य मन्त्रालयमा गुहार गरेका थिए । वाणिज्य सचिव बैकुण्ठ अर्यालको आदेशमा ती सुपारी छाडिएको सिंहदबारमा चर्चा हुने गरेको श्रोत बताँउछ ।  

यता आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाली महावाणिज्य दूतावासलाई सचिव अर्यालको निर्देशनमा पत्र लेखेको खुलेको छ ।  उक्त परिमाणको सुपारी एलसी खोलेर नभई डिएपीबाट मगाइएको थियो । अवैध रुमपा मरिच, सुपारी आयात गर्ने व्यापारीमा हेमकरण दुगड रहेको र उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका आफन्त रहेको श्रोतको भनाई छ । 

प्रतिक्रिया दिनुहोस