काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट एक साता अवधिमा दुई फरक फैसला भएको भेटिएको छ ।
बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भई ३ वर्षका दरले कैदको फैसला भएका दुई फरक व्यक्तिका हकमा उच्च अदालत बुटवलले फरक–फरक आदेश जारी गरेको हो ।कसुरदार ठहर भई म्याद नबुझेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि दुवै जनाले बन्दी प्रत्यक्षीकरणको निवेदन हालेका थिए ।
गत पुस २२ गते न्यायाधीश शेषराज शिवाकोटी र दीपेन्द्रबहादुर बमको इजलासले अधिवक्ता अर्जुनबहादुर कार्कीलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै रिहा गर्न आदेश गर्यो भने पक्राउ गर्ने प्रहरी र अदालतका स्रेस्तेदारलाई कारबाहीको निर्णयसमेत सुनायो ।
त्यसको ६ दिनपछि केशवराज जोशी र कृष्णकमल अधिकारीको इजलासले राजेन्द्रप्रसाद ध्वजुको हकमा बन्दीप्रत्यक्षीकरण आदेश जारी नगरी उनलाई पक्राउ गर्ने काम ‘कानुनसम्मत भएको’ ठहर्यायो । कार्की र ध्वजु एउटै मुद्दामा कसुरदार ठहरिएका व्यक्ति हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ माघ २०७६, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस
एनआरएनएको निर्वाचन रोक्ने मागमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
राहुल महरालाई थुनामा पठाउने आदेश उच्च अदालतबाट पनि सदर
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त, कानुन व्यवसायीबाट ९ जना (सूचीसहित)
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त