रहेनन् विश्वकै होचा व्यक्ति खगेन्द्र

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, २१ : ४५
रहेनन् विश्वकै होचा व्यक्ति खगेन्द्र

पोखरा । विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगर हामीबीच अब रहेनन्  । उनको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो । २८ वर्षको उमेरमा उनको निधन भएको परिवारजनले जनाएका छन् ।

खगेन्द्रमा मुटुको समस्या, स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या थियो ।  खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ का मा भएको थियो । २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस