आज फेरि बढ्यो सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, १३ : ३०
आज फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज शुक्रबार सुनको मूल्य बढेको छ ।
दुई दिन ७४ हजार ७ सय प्रतितोलामा स्थिर रहेको सुन शुक्रबार एक सय रुपैयाँले बढेर आज ७४ हजार ८ सयमा छापावाल सुनको कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ । आज ७४ हजार ५ सयमा तेजावी सुनको कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ । आज प्रतितोला ८ सय ९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस