सभामुख चयनअघि वालुवाटारमा टिआरसीको विषयमा छलफल

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, ११ : ३४
सभामुख चयनअघि वालुवाटारमा टिआरसीको विषयमा छलफल

काठमाडौं । सभामुख चयनको छलफलअघि प्रधानमन्त्री निवास वालुवाटारमा सत्य निरुपण मेलमिलाप आयोग (टिआरसी) को विषयमा छलफल शुरु भएको छ । प्रमुख प्रतिपक्षी काग्रेस सभापति शेरवहादुर देउवा, लगायतका नेताहरु पनि अहिले वालुवाटार छलफलमा छन् ।

छलफलका प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, काग्रेस सभापति शेरवहादुर देउवा , नेकपा नेताहरु सुवास नेम्वाङ र खिमलाल देवकोटा तथा काग्रेसका नेता मिनेन्द्र रिजाल पनि सहभागी छन् ।
यो छलफल पछि मात्र ओली दाहालले सभामुख चयनका विषयमा थप छलफल गर्ने वालुवाटार स्रोतले वताएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयनका लागि गत चैत १२ गते सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायधिस ओमप्रकाश मिश्रको संयोजकत्वमा वनेको सिफारिस समितिले राजनीतिक दलहरुको सहमति कुरेर वसेको छ ।

खासगरी सत्य निरुपण आयोगमा कसलाई अध्यक्ष वनाउने भन्नेमा काग्रेस र नेकपाका वीचमा सहमति जुटन नसक्दा सिफारिस समितिले आफनो नाम सिफारिस गर्न सकिरहेको छैन । 

प्रतिक्रिया दिनुहोस