रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित पोखरीमा डुबेर एकबालकको मृत्यु भएको छ । कठरिया ५ स्थित रामजानकी मठछेउमा रहेको पोखरीमा डुबेर आज बिहान एकबालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कटहरिआ ५ का तिजिलाल यादवका छोरा १२ वर्षीय फेकु यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताएका छन । लामो समयदेखि छारेरोगबाट ग्रसित बालाक आज बिहान खुला खेतमा सौचपछि पोखरीमा धुन गएका फेकु यादव पानीमा लडेका थिए ।
उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लैजांदा चिकित्सक ले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लैजाने तयारी भैइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु