रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित पोखरीमा डुबेर एकबालकको मृत्यु भएको छ । कठरिया ५ स्थित रामजानकी मठछेउमा रहेको पोखरीमा डुबेर आज बिहान एकबालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कटहरिआ ५ का तिजिलाल यादवका छोरा १२ वर्षीय फेकु यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताएका छन । लामो समयदेखि छारेरोगबाट ग्रसित बालाक आज बिहान खुला खेतमा सौचपछि पोखरीमा धुन गएका फेकु यादव पानीमा लडेका थिए ।
उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लैजांदा चिकित्सक ले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लैजाने तयारी भैइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु