यस्तो हुनेछ आजको मौसम

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, ०८ : ३६
यस्तो हुनेछ आजको मौसम

काठमाडौँ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण नेपालको पश्चिमी ,मध्य भूभागमा र पुर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ ।

विभागका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

यस्तै रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको विभागले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस