हिमपात भएपछि वन्यजन्तुको चोरी शिकार बढेको छ । खप्तड क्षेत्रका नजिकका जंगलमा वन्यजन्तुको चोरी शिकार बढेको हो । यहाँ उच्च लेकाली भेगमा दिनहुँ चोरी शिकार भइरहेको स्थानीय डम्मर नेपालीले बताए ।
वन्यजन्तुको शिकार गर्नेहरु बन्दुक, भाला, खुकुरी लिएर दिनहुँ जंगल जान थालेको उनले जानकारी दिए । लेकाली भेगमा बाक्लो हिमपातसँगै वन्यजन्तुहरु वस्ती तथा औलतिर आउने भएकाले शिकारीहरु शिकार खेल्न जाने गरेको स्थानीयले बताउँछन् ।
यहाँका सिकारीले कालिज, बँदेल, मृग, घोरल, बदेल, जरायो, रतुवालगायतका बन्यजन्तुको सिकार गरी सकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०३ माघ २०७६, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात