तेस्रो गैंडाकोट महोत्सवको तयारी तीब्र

प्रकाश सिग्देल

विहीबार, ०२ माघ २०७६, १८ : १७
तेस्रो गैंडाकोट महोत्सवको तयारी तीब्र

–  प्रकाश सिग्देल
नवलपुर । तेस्रो गैंडाकोट महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक संस्था गैंडाकोट  उद्योग वाणिज्य संघ नवलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको हो । गैंडाकोटको नारायणी नदी किनारमा माघ १५ गतेदेखि २६ गतेसम्म १२ दिन महोत्सव सञ्चालन हुँदैछ ।

पत्रकार सम्मेलनमा महोत्सवको तयारीलाई तीव्र बनाइएको गैंडाकोट महोत्सव मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख स्थान दिइएको र ३० स्थानीय स्टललाई निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा ३ सय ५० बढी स्टल रहनेछन् । व्यवसायको प्रकृति अनुसार स्टल बढाइने उहाँको भनाई छ ।

तेस्रो गैंडाकोट महोत्सवमा प्रमुख आकर्षकको रुपमा लण्डन ब्रिज, सेल्फी जोन तथा बेली नाच (रसियन) रहने छन् । महोत्सव नारायणी नदी किनारमा हुने भएकै कारण दर्शकहरुको आकर्षक बन्ने गरेको छ । गैंडाकोट उद्योग वाणिज्य संघले हरेक दुईदुई बर्षमा महोत्सव गर्ने गरेको छ । उद्योग वाणिज्य संघ गैंडाकोटका महाससचिव छवि कंडेलले आफूहरु अब सबै तयारी पूरा गरी महोत्सवको प्राविधिक व्यवस्थापनमा सक्रिय भएको बताउनु भयो । महोत्सवलाई जति सक्दो भव्य बनाउन आफूहरु निरन्तर लागि परेको उहाँको भनाई छ ।

महोत्सवको प्रचारप्रसार समितिका संयोजक सालिकराम सापकोटाले महोत्सवलाई भव्य र सव्य रुपमा अगाडि बढाउन सबै सञ्चारकर्मीहरुले आवश्यक सहयोग र प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो ।

आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव २०७६ भन्ने मुल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस