काठमाडौं । अख्यितार दुरूपयोग अनुसन्धान आयोगले निजी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारसमेत हेर्नेगरी कानुनी प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । प्राप्त अधिकार अनुसारको जिम्मेवारी पूरा गर्नुको साटो अख्तियारले थप अधिकार खोज्दै निजी, सहकारी र गैरसरकारी संस्थामा हुने भ्रष्टाचारमा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव गरेको हो । अख्तियारका अनुसार निजी, सहकारी र गैरसरकारी संस्थामा हुने भ्रष्टाचारमा सार्वजनिक पदमा बसेका अधिकारीसमेत जोडिने सम्भावना भएको त्यहाँ पनि उसले छानिबन गर्न पाउनुपर्छ ।
अख्तियारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि आफूमातहत ल्याउन सुझाव दिएको छ । अख्तियारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदनमा भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारलाई १२ बुँदे सुझाव दिइएको छ ।
प्रतिवेदनमा भ्रष्टाचार रोक्न निजामती कर्मचारीको तलब बढाउन सुझाव दिइएको छ । सुझावको नौ नम्बर बुँदामा भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि कार्यालय सहयोगी वा सोसरहका कर्मचारीले पनि आफ्नो परिवारको आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्नेगरी यथोचित तलबलगायत आवास, शिक्षा, स्वास्थ्यजस्ता सुविधाको व्यवस्था गर्न भनिएको छ । त्यस्तै प्रतिवेदनमा अनुचित कार्य र भ्रष्टाचारलाई अलग रूपमा हेर्न नमिल्ने उल्लेख छ । अनुचित कार्य र भ्रष्टाचार अन्योन्याश्रित भएको, भ्रष्टाचारको विषय अनुसन्धान गर्दै जाँदा अनुचित कार्य देखिन सक्ने र अनुचित कार्यको अनुसन्धान गर्दै जाँदा भ्रष्टाचार भएको देखिने स्थिति रहेको जनाउँदै आयोगले अनुचित कार्यलाई पनि आयोगको क्षेत्राधिकारभित्र राख्न कानुनी व्यवस्था मिलाउन सरकारलाई सुझाएको छ । अख्तियारलाई अनुचित कार्यसम्बन्धी अनुसन्धान र त्यससम्बन्धी अन्य कारबाही गर्न सक्ने जिम्मेवारी छैन । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ माघ २०७६, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस