काठमाडौं । फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव (बीपी यादव) विरुद्ध मुद्दा दायर भएको छ। यादवले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेतको संलग्नतामा फर्जी समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख छ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। पूर्वसांसद यादव, कार्यालय प्रमुख गोइत, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल भनिने हरि मण्डलसहित ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। पूर्वसांसद यादव सुनियोजित तवरले फर्जी समिति गठन गरी भ्रष्टाचारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको अख्तियारले जनाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ माघ २०७६, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो